सरकार र थारुवान-थारुहट संघर्ष समितिबीच वार्ता शुरू

बाइलाइन नेपाल
१७ चैत्र २०७७, मंगलवार १४:५६
;f+;bn] p7fPsf] k|Zgsf] hjfkm lbFb} u[xdGqL yfkf u[xdGqL /fdaxfb'/ yfkf ;f]daf/ l;+xb/af/df a;]sf] k|ltlglw;ef cGtu{t /fHo Joj:yf tyf ;'zf;g ;ldltsf] a}7sdf ;f+;bn] p7fPsf] k|Zgsf] hjfkm lbFb} . tl:a/ M /f]zg ;fksf]6f

काठमाडौँ – विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान-थारुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू भएको छ । सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् ।

थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी वार्ता टोली सदस्य छन् ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*