हेटौंडामा भोली देखि विद्यालय खोल्न प्याब्सनको अनुरोध
हेटौंडा । निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) मकवानपुरले भोलि देखि हेटौंडा उपमहानगरपालिका भित्रका निजी विद्यालयहरु खोल्न अनुरोध गरेको छ ।
प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा उपमहानगरपालिकाले संयुक्त रुपमा आज एक सूचना जारी गर्दै हेटौंडा उपमहानगरपालिका भित्र घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै भोलिदेखि विद्यालय खोल्न अनुरोध गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषण बढेका कारण आजबाट चार दिन देशभरका शिक्षण संस्था बन्द हुने जनाएको छ ।
प्याब्सन मकवानपुरले भने हेटौंडा उपमहानगरपालिकामा घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै विद्यालय सुचारु गर्न आग्रह गरेको छ ।

बाइलाइन नेपाल











