सर्वोच्च अदालत परिसरभित्रै दुई अधिवक्ताबीच कुटाकुट

बाइलाइन नेपाल
१६ चैत्र २०७७, सोमबार १५:४९

काठमाडौँ – सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट भएको छ । सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच भिडन्त भएको थियो ।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ । अधिवक्ता जोशीले पैसा मागेपछि दुईबीच हात हालाहाल भएको हो । जोशीको मुखमा चोट लागेको छ । अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको बताए ।

घटनापछि अधिवक्ता जोशी प्रहरी कहाँ पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*