प्रेस संगठन मकवानपुरद्वारा अग्रज पत्रकारलाई सम्मान, क्रियाशिललाई पुरस्कार

बाइलाइन नेपाल
१५ चैत्र २०७७, आईतवार ०८:५९

हेटौडा । प्रेस संगठन मकवानपुरले मकवानपुरका १३ जना अग्रज पत्रकारहरुलाई सम्मान तथा क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुर ४ जना पत्रकारलाई नगद सहित पुरस्कार प्रदान गरेको छ ।

शनिवार एक कार्यक्रमको आयोजना गरि संगठनले मकवानपुरका अग्रज पत्रकारहरु आरसि रिजाल ,मोहनमान संगामी ,कमल चन्द्र सुमन ,राममणि दाहाल ,सुबर्णलाल श्रेष्ठ ,कौशल पाण्डे ,लोकनाथ पाण्डे ,सम्झना कार्की ,कृष्णराम परियार ,महेन्द्र श्रेष्ठ ,भानुभक्त आचार्य ,नवराज शर्मा तिमल्सिना ,प्रताप बिस्टलाई सम्मान गरेको हो ।

यस्तै संगठनले क्रियाशिल पत्रकार शुभलक्ष्मि बिक , सरला अधिकारी ,शिव चौलागाईं र गणेश दर्पण अधिकारी लाई जनहि नगद ५ हजारसहित पुरस्कार प्रदान गरेको छ । यस्तै संगठनले मकवानपुरमा लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारलाई सम्मान गरेको छ । रुद्र–सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट संगठनले नानिमैया विष्ट र सुनिल खड्कालाई सम्मान गरेको छ ।

प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल बिज्ञापन बोर्डका सदस्य बलराम थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संगठनका सल्लाहाकार ध्रुव अधिकारीले गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी , प्रेस मन्च नेपालका केन्द्रिय उपाध्यक्ष मनोज ढोडारी ,प्रेस चौतारी बागमती प्रदेशका सहसंयोजक प्रकाश दहाल, सन्चारिका समूह बागमती प्रदेशकि संयोजक सरिता दहाल ,प्रेस युनियन मकवानपुरका उपाध्यक्ष मणिराज गौतम लगाएत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*