वायु प्रदूषणको प्रभाव विमानस्थलमा, उडान अवतरण प्रभावित

बाइलाइन नेपाल
१४ चैत्र २०७७, शनिबार १६:३०

काठमाडौँ– काठमाडौँमा बढेको वायु प्रदूषणले भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलबाट हुने दुई दर्जन भन्दा धेरै आन्तरिक उडान स्थगित भएका छन् । भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने सबैजसो उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सिमरा, भैरहवा, भद्रपुर, विराटनगर, पोखरा, नेपालगञ्ज, दाङ, धनगढी, तुम्लिङटार लगायतका गन्तव्यमा जाने दुई दर्जन भन्दा धेरै उडान स्थगित भएका छन् । कयौँ उडानमा ढिलाइ भएको छ । धनगढीको लागि श्री एअरलाइन्सले एउटा र राजविराजको लागि बुद्ध एअरले एउटा उडान भरेको छ । आन्तरिक उडान स्थगित र ढिलाइ हुँदा विमानस्थलको आन्तरिक टर्मिनल भद्रगोल भएको छ ।

उडान हुने आशामा सयौँ यात्रु आन्तरिक टर्मिलनमा कुरेर बसेका छन् । मौसममा सुधार भएमा बेलुकीपखका उडानको भने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*