ओलीलाई हिटलर प्रवृति भन्नेले यसरी समर्थन गर्न मिल्दैनः खगेन्द्र संग्रौला
काठमाडौँ । नागरिक अगुवा एवं लेखक खगेन्द्र संग्रौलाले केपी ओलीलाई ‘ओली’ बनाउने काम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको टिप्पणी गरेका छन् । पार्टीको सबै विधि, विधान र चाहना ओलीको पाउमा राखेर उनलाई बलियो बनाउने काम प्रचण्डले गरेको शनिबार राजधानीमा आयोजित ‘बृहत नागरिक आन्दोलन’ को कार्यक्रममा उनले टिप्पणी गरेका हुन् ।
मधेश आन्दोलन हुँदा मधेशमा युवाहरु मारिने काम ओलीको कमाण्डमा भएको पनि उनले आरोप लगाए । महन्थ ठाकुरले नेतृत्व गरेको पार्टीले केपी शर्मा अोलीसँग सहकार्य गर्न दैनिक वार्ता गरेको टिप्पणी गर्दै उनले ओलीलाई हिटलर प्रवृति भन्नेले यसरी समर्थन गर्न नमिल्ने बताए ।
उनले भने, ‘ओलीलाई हिटर प्रवृति भन्ने महन्थ र त्यसका समुदायले ओलीलाई समर्थन गर्नैपर्छ ? के कारण हो ?’
जवाफमा जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफूलाई पटक पटक सरकारमा आउन आग्रह गरेको तर आफूले समर्थन नगरेको बताए । यद्यपी ओलीलाई आफूहरुलाई समर्थन नगरेपनि विरोध नगर्ने वाचा आफूले गरेको अध्यक्ष ठाकुरले प्रष्ट पारे । ओलीसँग भेट्न जाँदा उनले १४ वर्ष जेलमा बसेको कथा आफूलाई सुनाउने गरेको धारणा राखेका थिए ।

बाइलाइन नेपाल











