महन्थ ठाकुरले प्रचण्डलाई भने, ‘तपाईंको पीडा सरकारको लागि हो’

बाइलाइन नेपाल
१४ चैत्र २०७७, शनिबार १६:२३

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधानमा देश बहुभाषिक र बहुजातीय भनेपनि एउटै भाषा र एउटै भेष रहेको टिप्पणी गरेका छन् । शनिबार बृहत नागरिक आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेका अध्यक्ष केपी ओलीलाई सबभन्दा धेरै समर्थन माओवादी केन्द्रले गरेको तर दोष आफूहरुमाथि लाग्ने गरेको उनले बताए । ओली सरकारमा भएको कारण आफूहरुले माग पुरा गराउनका लागि उनीसँग कुरा गरेको उनको स्पष्टोक्ति थियो ।

उनले आफूहरुले नेकपा माओवादी केन्द्र र प्रचण्डको विरोध नगरेको पनि बताए । उनले प्रचण्डलाई प्रश्न गर्दै भने, ‘कुन ठाउँमा हामीले तपाईंको विरोधमा गएका हौं । तपाईंको पीडा र हाम्रो पीडा फरक रहेको छ, तपाईंको पीडा सरकारको लागि हो भने हाम्रो पीडा अधिकारका लागि हो ।’ प्रचण्डले आफूहरु मधेसी दलबीच सहकार्यको जरुरी रहेको बताउँदै आफ्नो पार्टी सँधै पहिचानको पक्षमा रहेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*