युवतीलाई बलात्कारपछि हत्या प्रयास, एक पक्राउ

बाइलाइन नेपाल
१४ चैत्र २०७७, शनिबार १५:४१
Stop abusing boy violence. child bondage in angle image blur , Human Rights Day concept.

बुटवल । रुपन्देहीमा १९ वर्षीया एक युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। चैत्र ७ गते बिहान तिलोत्तमा नगरपालिका वडा ११ को हरियाली वनमा १९ बर्षीया युवतीलाई जवरजस्ती करणी पछि ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोप लागेका सोही स्थानका २३ वर्षीय सुरेश थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रितम सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार अभियुक्तले बलात्कार पछि डोरीले गला कसेर हत्याको प्रयास गरेका थिए । उनीविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको डिएसपी राठौरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*