सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

बाइलाइन नेपाल
१४ चैत्र २०७७, शनिबार १५:०६

बुटवल । जंगलमा सिकार खेल्न गएका एक जनाको गोली लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङको स्थानीय जंगलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा बारेमा अनुसन्धान जारी राखेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । जंगल विकट क्षेत्रमा हुँदा पैदल जानुपर्ने भएको घटनाको पूरा अनुसन्धान गर्न ढिला भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*