सङ्गमको साहित्य सन्ध्यामा पन्तको कवितासँगै होलि विशेष
साहित्य सङ्गम मकवानपुरकाे ३०५ औं साहित्य सन्ध्या हाेलि विशेष कार्यक्रम र कवि डा सुजता पन्तकाे कविता वाचन कार्यक्रम साहित्य सङ्गम मकवानपुरको भवनमा सम्पन्न भएकाे छ ।
हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेकाे प्रमुख अतिथिमा सम्पन्न साे कार्यक्रममा कवि सुजताले आफ्नो शसक्त पाँच कविता चिया, म फेरि डक्टर बन्न चाहान्छु लगायतका कविताहरू सुनाइएकी थिइन भने कविहरूले रङ्गहरूसँग अग्रज साहित्यकार तथा प्रमुख अतिथिसँग रमाएर टीका लगाएर शुभकामना आदानप्रदान पनि गरेका थिए ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा गणेश कुमार पाैडेल, मुक्ति गाेविन्द वैद्य, देवराज खरेल, रमेशमाेहन अधिकारी, अतिथिकाे रूपमा रहेका थिए भने । स्वस्तिका दाहाल , राजकुमार लामिछाने, मिनप्रसाद लामिछाने, सावित्री ढुङ्गाना, भावना सापकाेटा, सुवास खनाल, चिरञ्जीवी लामिछाने, किशन पाैडेल, अनिल काेइराला, समीर सापकाेटा, त्रिलाेचन सागर, स्वस्तिका बानियाँलगायतले कविता वाचन गरेका थिए ।

बाइलाइन नेपाल











