चितवनमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारबाही सुरु

बाइलाइन नेपाल
१४ चैत्र २०७७, शनिबार १४:५३

काठमाडौँ । चितवनमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही सुरु भएको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले रातोपाटीलाई बताए ।

ट्राफिक प्रमुख भट्टले फ्याक्ट्रीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए ।

मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुनविपरित भएको समेत उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवन, ट्राफिक प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त अप्रेसनमा शुक्रबार मात्रै ३४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ​

नियन्त्रणमा लिइएका मोटरसाइकलाई ५/५ हजार रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिने प्रहरीले जनाएको छ । मोटरसाइकललाई पुरानै अवस्थामा लगेर अभिभावकको जिम्मा लगाइने ट्राफिक प्रमुख भट्टले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*