प्रदेश १ मा मन्त्रिपरिषद पुनर्गठन, मन्त्रीहरुले लिए सपथ

बाइलाइन नेपाल
१३ चैत्र २०७७, शुक्रबार १६:२५

काठमाडौं । शुक्रबार प्रदेश १ सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरुलाई मुख्यमन्त्री शेरधन राई र प्रदेश प्रमुख सोमनाथ अधिकारीलेले सपथ गराएका हुन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख अधिकारीले शपथ गराएका हुन् ।

सपथ लिने नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ रहेका छन् । आजै कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि सपथ लिएका छन् । सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका थिए ।

राज्यमन्त्री घलेले केही दिनअघि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् । ओझा भने माधव समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् । त्यस्तै मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*