झलनाथको नेतृत्वमा सांसदहरु बालुवाटार जाने, नेपाल–रावल नजाने

बाइलाइन नेपाल
१३ चैत्र २०७७, शुक्रबार १५:०५

झलनाथ–माधव नेपाल पक्षका सांसदहरु आज पार्टीको संसदीय दलको बैठकमा जाने भएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा सांसदहरु आजको बैठकमा सहभागी हुने भएका हुन् । यद्यपि, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने बालुवाटार नजाने भएका छन् ।

झलनाथ–माधव पक्षको बैठकमा सहभागी नेताका अनुसार आजको बैठकमा सहभागी भएर खनालले बोल्नका समय माग्ने, समय दिए आफ्ना कुरा राख्ने र त्यहाँ गएका सांसदहरु हस्ताक्षर गरेर फर्कने तयारी गरिएको छ ।

आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन् ।

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ । ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*