होलीको अवसरमा कुश्माको द क्लिफमा पनि ‘फुलमुन बन्जी’ आयोजना हुने

बाइलाइन नेपाल
१३ चैत्र २०७७, शुक्रबार १४:३२

काठमाडौं । फागु पूर्णिमा अर्थात होलीको अवसरमा कुश्माको द क्लिफमा पनि फुल मुन बन्जी साहसिक खेलको अयोजना हुने भएको छ । यसअघि हाइ ग्राउन्ड एड्भेन्चर्स नेपालको अयोजनामा पोखराको हेम्जामा फुल मुन बन्जीको घोषणा गरिएकोमा सोही दिन द क्लिफ प्रालिले पनि कुश्मामा फुल मुन बन्जी खेलको आयोजना गर्ने भएको हो ।

बन्जी आगामी चैत्र १५ गते फागु पूर्णिमाको रात हुनेछ । साहसिक खेल बन्जीका पारखीहरुलाई केहि फरक मनोरञ्जन दिने हेतुले रातमा फुल मुन बन्जी गराउन लागिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ‘फुल मुन बन्जी’ मा रमाउनेहरूका लागि प्रतिव्यक्ति बन्जी र डिलक्स रुमको प्याकेजका लागि ९ हजार ९ सय ९९ रुपैया तोकिएको छ, भने बन्जी र स्ट्यान्डर्ड रुमसहितको प्याकेजका लागि ८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । प्याकेजमा ‘ब्रेक फाष्ट’ र ‘डिनर’ समेत समावेश गरिएको कार्कीले भने ।

यसका अतिरिक्त खेलाडीले ‘फुल मुन बन्जी’ मा भिडियोका लागि १५ सय शुल्क तिर्नुपर्नेछ । जसमा आकर्षक टिसर्टको समेत व्यवस्था मिलाइने प्रालिले जनाएको छ । क्लिफले वढीमा ३० जनालाई ‘फुल मुन बन्जी’ गराउने बताउँदै प्रि बुकिङ समेत शुरु भइसकेको जानकारी दिएको छ ।

गत कात्तिकदेखि बिश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै पहिलो स्विङ सञ्चालन ल्याएको द क्लिफले पर्यटकका लागि स्तरीय रिसोर्टको समेत व्यवस्था गरेको छ । यसका साथै कम्पनीले सञ्चालनमा ल्याएको स्विङ र ‘गुलेली शैलीको पिङ’ साहसिक पर्यटकहरु माझ निकै लोकप्रिय बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*