आज घट्यो सुनको मूल्य

बाइलाइन नेपाल
१३ चैत्र २०७७, शुक्रबार १२:३०

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा रतेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*