कृषि तथा प्राकृतिक श्रोत समिति अपर तामाकोशीको स्थलगत भ्रमणमा जाँदै
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समितिले सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।
समितिको सदस्यहरूमा घनश्याम खतिवडा, दिलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहनुभएको सभापति सुवेदीले बताइन् ।
अध्ययन भ्रमणमा आउनका लागि उक्त आयोजनाले बारम्बार बोलाइरहेकोले अहिले अनुकूल समय मिलाएर अध्ययन भ्रमणमा जान लागिएको सभापति सुवेदीले बताइन् ।

बाइलाइन नेपाल











