प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

बाइलाइन नेपाल
१२ चैत्र २०७७, बिहीबार १४:३२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।यस्तै, नेपाल समूहले पनि शुक्रबारै केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहान ११ बजे नयाँ बानेश्वरमा बैठक बस्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*