टाउको काटिएको अवस्थामा युवकको शव फेला

बाइलाइन नेपाल
१२ चैत्र २०७७, बिहीबार १४:१४

सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो ।

रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*