अमुवा बजारमा ज्योति विकास बैंकद्वारा क्युआर कोडबाट भुक्तानी सेवा

बाइलाइन नेपाल
१२ चैत्र २०७७, बिहीबार १३:२२

ज्योति विकास बैंकले बिहीबार रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोड बाट भुक्तानी सेवाको सुरुवात गरेको छ। अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दा बढी क्युआर कोड वितरण गरेको छ।

बिहीबार आयोजित क्युआर भुक्तानी प्रवर्द्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिङ्ग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गर्नुका साथै कार्यक्रममा क्युआर सम्बन्धि विभिन्न जानकारी समेत पनि प्रदान गरिएको थियो।

क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइल बाट क्युआर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*