सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो
नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको थियो ।

बाइलाइन नेपाल











