मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गर्ने पकाउ

बाइलाइन नेपाल
१२ चैत्र २०७७, बिहीबार १२:२९

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्दा मिलाई दिने भन्दै नवराज देवकोटाको जाहेरीमा गोरखा मिरकोट ३ घर भई हाल काठमाडौँको कीर्तिपुर मच्छेगाउँ बस्ने ३२ वर्षीय नविन लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रवीण श्रेष्ठको परिवारसँग नगद ७० हजार रुपैयाँ ठगी गरेको कसुरमा काठमाडौँको थापाथलीबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*