सार्वजनिक स्थानमा प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने

बाइलाइन नेपाल
१२ चैत्र २०७७, बिहीबार १२:२३

प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रम अझै सुरू भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*