डडेल्धुरा प्रशासनद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

बाइलाइन नेपाल
११ चैत्र २०७७, बुधबार १७:२६

डडेल्धुरा– जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सूचना प्रकाशित गर्दै कोरोना भाइरसको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

फागु पूर्णिमा होलीमा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिएका छन्। उनले मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने बताएका छन्।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोना संक्रमणदर तीव्र रूपमा फैलिन थालेपछि नेपालमा पनि जोखिम बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*