अनेरास्ववियुको समानान्तर कमिटी घोषणा
काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षले पार्टी निकट विद्यार्थी संगठनको समानान्तर कमिटी घोषणा गरेको छ । झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले पार्टीभित्र जारी अन्तरसंघर्षकै क्रममा अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरेको हो ।
उक्त संगठनको राष्ट्रिय कार्यकर्ता भेलामार्फत सुदेश पराजुलीको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको छ । समानान्तर कमिटीमा अध्यक्ष, सहअध्यक्ष, महासचिव, कोषाध्यक्ष, ८ जना उपाध्यक्ष तथा ३७ जना सचिव छन् ।

बाइलाइन नेपाल











