टोखामा ट्याङ्कीभित्र शव भेटियो

बाइलाइन नेपाल
१० चैत्र २०७७, मंगलवार १७:१४

काठमाडौं । काठमाडौँको टोखास्थित निर्माणाधीन घरको ट्याङ्कीभित्र एक पुरुषको शव फेला परेको छ । टोखा भत्केको पुलसँगै पुष्पराज गुरुङको निर्माणाधीन घरको ट्याङ्कीमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । समाचार तयार पार्दा रिजर्भ ट्याङ्कीबाट शव निकाल्ने प्रयास भइरहेको छ ।

प्यूठान घर भएका एकजना मजदुर एक महिनाअघि हराएका थिए । शवको पहिचान भैसकेको छैन । गुरुङको घर निर्माणको काम गरिरहेका मजदुर हराएको उनका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*