खोप लगाएका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण

बाइलाइन नेपाल
१० चैत्र २०७७, मंगलवार १३:१०

काठमाडौं — कोरोनाविरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । फागुन २३ गते खोप लगाएका वृद्धलाई कोरोनाभाइरस संक्रमण भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताए ।

उनलाई खोप लगाउनुअघि नै कोरोना संक्रमण भएको हुन सक्ने निर्देशक भण्डारीले बताए । संक्रमित वृद्ध पुरुषमा निमोनिया समेत दिएको छ । ‘खोप लगाएपछि इम्युनिटी विकास हुन एक महिना लाग्ने लाग्छ ।’

उनले भने, ‘खोप लगाएर जनस्वास्थ्यमा मापदण्ड पालना गर्नेहरूमा पनि संक्रमण हुन सक्छ ।’ सोमबार टेकु अस्पतालमा कोरोना परीक्षण गर्दा वृद्ध पुरुषमा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*