राजधानीको गोठाटारमा आपसी झगडामा आगो लगाइयो, प्रेमी–प्रेमिका घाइते

बाइलाइन नेपाल
१० चैत्र २०७७, मंगलवार १३:०७
Couple, quarrel, confict, divorce, stress concept. Young angry man woman boyfriend girlfriend cartoon character arguing with each other. Bad relationship between friends or family members illustration

काठमाडौं । राजधानीको गोठाटारमा भएको आपसी झगडाका क्रममा आगलागीको घटना भएको छ । सो क्रममा दुई जना घाइते भएका छन् । घाइतेहरु प्रेमी–प्रेमिका भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना भएको हो । जोरपाटी घर भएका सुरज श्रेष्ठ युवतीको कोठामा पुगेका थिए भने उनीहरु प्रेमीप्रेमिका भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश कुमार बस्नेतले युवतीको कोठामा आपसी विवादका क्रममा युवकले मट्टितेल छर्किएर ‘युवतीलाई पनि मार्ने र आफूपनि मार्ने’ भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको रातोपाटीलाई बताए । सो क्रममा युवतीको अनुहारलगायत माथिल्लो भाग जलेर गम्भीर अवस्थामा कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यस्तै युवकको पेटको भाग सामान्य जलेको र जोरपाटीस्थित शुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट कोठामा केही कपडा जलेपनि अन्य क्षति भने नभएको बताउँदै प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*