कोरोनाका कारण मकवानपुरमा सभा, सम्मेलन गर्न प्रशासनले लगायो रोक
हेटौंडा । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले फेरि सार्वजनिक कार्यक्रममा रोक लगाएको छ । लकडाउन हटेको लामो समयपछि जिल्ला प्रशासनले आज सूचना जारी गर्दै छिमेकी देशमा कोरोना संक्रमण बढेको र नेपालमा समेत यसको जोखिम बढ्न सक्ने भएको भन्दै सार्वजनिक कार्यक्रममा रोक लगाएको छ ।
प्रशासनका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी देवचन्द्र गर्तौलाद्वारा जारी सूचनामा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने काम नगर्न आग्रह गरेको छ । प्रशासनले सामाजिक तथा भौतिक दुरी कायम गर्दै माक्स तथा सेनिटाइजरको प्रयोग गर्न सूचनामा उल्लेख छ ।


बाइलाइन नेपाल











