अविश्वास प्रस्ताव ल्याएर ओलीलाई हटाउन चुनौती

बाइलाइन नेपाल
९ चैत्र २०७७, सोमबार १७:२३

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौति दिएका छन् । ‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा पावर फुल सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन’, सोमबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।

चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्दै त्यसको लागि सबै नेता र कार्यकर्तालाई चुनाव लक्षित कार्यक्रममा लाग्न समेत उनले आग्रह गरे । पार्टीको विधान विपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै उनले राजनीतिलाई अस्थिर पार्न खोज्ने माथि कारबाहीको थालनी गरेको चर्चा गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*