काँग्रेस पदाधिकारी बैठक सुरु

बाइलाइन नेपाल
९ चैत्र २०७७, सोमबार १६:३१

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो ।

मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो । क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ । आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*