माधव नेपालसहित चार नेतालाई थमायो एमालेले स्पष्टीकरण पत्र

बाइलाइन नेपाल
९ चैत्र २०७७, सोमबार १३:३५

काठमाडौं । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको हो ।

‘बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ’, रिजालले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसैबीच नेता भीम रावलले भने आफू समक्ष स्पष्टीकरण पत्र आइनपुगेको बताए । ‘खै कसलाई थमाए मलाई त थाहा भएन, मकहाँ आइपुगेको छैन’, रावलको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*