वीरगञ्जबाट लागूऔषधसहित एकजना पक्राउ

बाइलाइन नेपाल
९ चैत्र २०७७, सोमबार १३:२०

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित शिव नेपालीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा गाउँबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–८ घर भएका नेपालीको साथबाट प्रहरीले डाईजेपाम ६३ एम्पुल, नुफ्रिन ६२ एम्पुल र प्रोमाथाईजिन ६३ एम्पुल बरामद गरेको छ । उनीविरुद्ध प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसार अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*