भक्तपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते

बाइलाइन नेपाल
९ चैत्र २०७७, सोमबार १२:३२

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका –५ सिर्जनानगरमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् । आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर विष्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) दिपक गिरीले रातोपाटीलाई बताए ।

विष्फोटबाट होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ वर्षीय टिकाराम बस्नेत, ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । झापा घर भएका १९ वर्षीय आदित्य सुवेदी, सुर्यविनायक–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा सामान्य घाइते छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*