ध्रुव अधिकारीको नेतृत्वमा प्रेस संगठन पत्रकार महासंघमा जाने

बाइलाइन नेपाल
८ चैत्र २०७७, आईतवार २०:५१

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आगामी नेतृत्वका लागि प्रेस संगठन नेपाल ९तत्कालिन प्रेस सेन्टर० मकवानपुरले पत्रकार ध्रुव अधिकारीको नेतृत्वमा जाने निर्णय गरेको छ । आइतबार संगठन मकवानपुरकी अध्यक्ष नानीमैया विष्टको अध्यक्षतामा बसेको बैठकले महासंघमा तत्कालिन प्रेस सेन्टरको तर्फबाट अधिकारीको नेतृत्वमा पठाउने निर्णय गरेको हो ।

दुई दशकदेखि मकवानपुरे पत्रकारितामा क्रियाशिल अधिकारी प्रेस सगठनको प्रदेश सदस्य, प्रेस सेन्टर मकवानपुरको सल्लाहकार, शिक्षा पत्रकार समूह वाग्मती प्रदेशका अध्यक्ष, खेलकुद पत्रकार मञ्च मकवानपुर, गढी पत्रकार समाजको सल्लाहकार रहेका छन् । बाइलाइन नेपाल डटकम र हेटौंडा खबरपत्र साप्ताहिकको सम्पादक, राजधानी दैनिकको संवाददाता रहेका अधिकारीले हेटौंडा सन्देश दैनिकसहित जिल्लाका विभिन्न सञ्चारमाध्यममा सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

संगठनबाट नेतृत्व गर्ने अवसर पाएका अधिकारीले महासंघलाई सबै श्रमजीवी पत्रकारको साझा थलोका रुपमा विकास गर्ने बताएका छन् । आसन्न निर्वाचनमा सबै पक्षसँग सहकार्य गरेर महासंघमा नेतृत्वसहित एउटा काम गर्ने उर्जाशिल टिम लैजान प्रयास गर्ने उनले प्रतिक्रिया दिए । महासंघको संस्थागत विकासदेखि श्रमजीवी पत्रकारको हकहित हुँदै स्वरोजगारमूलक सञ्चार माध्यमलाई बलियो बनाउनेलगायतका योजनासहित पत्रकारको माझ पुग्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता अधिकारीले जनाएका छन् ।

बैठकले महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँगको सहकार्यका लागि सुनिल खड्काको संयोजकत्वमा भानुभक्त आचार्य, ध्रुव अधिकारी, नानिमैया विष्ट र अञ्जली थापा सदस्य रहेका छन् । यसैगरी महासंघको निर्वाचनमा संगठनको तर्फबाट निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । संगठनका सचिव राजकुमार केसीको संयोजकत्वमा शुभलक्ष्मी विक,सरला अधिकारी, अशोक सुजन श्रेष्ठ, इच्छापूर्ण कार्की, अर्जुन सञ्जेल, दिलबहादुर तामाङ, भावना रिजाल, मिना श्रेष्ठ, रञ्जिता डंगोल, नवराज वाइवा परिचालन कमिटीमा रहेका छन् ।

बैठकले मकवानपुर जिल्लामा रहेका अग्रज पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ । लामो समयदेखि मकवानपुरे पत्रकारिताको विकास र समृद्धिमा योगदान पुर्याएका अग्रज पत्रकारलाई संगठनले एक कार्यकमका बीच सम्मान गर्ने निर्णय गरेको हो । यस्तै तत्कालिन प्रेस सेन्टरले स्थापनाकाल देखि प्रदान गर्दै आएको रुद्र पाख्रिन र कृष्ण सेन इच्छुकको नाममा रहेको रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुनिल खड्का र नानीमैया विष्टलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशिल युवा पुस्तालाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको छ । पुरस्कृत हुने पत्रकारमा सरला अधिकारी, शुभलक्ष्मी विक, गणेश दर्पण अधिकारी र शिव चौगालाईं रहेका छन् । सम्मान तथा पुरस्कार यही चैत १४ गते एक कार्यक्रमका बीच प्रदान गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*