बढेको बजारमा यी पाँच लघुवित्तको सेयरले सबैभन्दा बढी कमाए, कसको कति पुग्यो मूल्य ?
काठमाडौं । सेयर बजारमा ६३.३८ अंकको बृद्धि भएको छ । बढेको बजारमा अधिकांश लघुवित्त कम्पनीको बर्चस्व छ । तीनवटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । केहीदिन अघिमात्र आइपिओ जारी गरेको महिला लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १ हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।
महिला लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार प्रतिकित्ता ४ सय ३८ रुपैयाँमा भएको थियो । नेप्सेले यस लघुवित्तको ओपनिङ रेन्ज न्यूनतम ३ सय १३ रुपैयाँ १६ पैसादेखि अधिकतम ९ सय ३९ रुपैयाँ ४८ पैसा तोकेको थियो ।
यता सूर्योदय लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ९ सय ६९ रुपैयाँ पुगेको छ ।
स्वरोजगार लघुवित्त बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । यसको सेयर मूल्य १ हजार २ सय ८७ रुपैयाँ पुगेको छ । यस्तै सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १ हजार २ सय ९९ रुपैयाँ छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । यस्तै समिट लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य ९.९८ प्रतिशतले बढेर १ हजार ३ सय ३४ पुगेको छ । सेयर बजारमा आज कुल ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

बाइलाइन नेपाल











