बलम्बुको सडकपेटीमा पुरुषको शव फेला
बाइलाइन नेपाल८ चैत्र २०७७, आईतवार १२:२६
काठमाडौं । काठमाडौंको बलम्बुस्थित सडक पेटीमा शव फेला परेको छ । करिब ३५ वर्षका पुरुषको शव सडक पेटीमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
शव पहिचान हुन बाँकी छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।













