वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १६:३६
sf7df8f}F, !@ k';M afudtL gbL ;/;kmfOdf ;xefuL cleofGtf #$^ cf}F xKtfsf] afudtL ;kmfO cleofgdf s'k08f]nl:yt afudtL gbLdf zlgaf/ ;xefuL x'b}{ ;kmfO cleofGtf . tl:a/Mk|bLk/fh jGt÷/f;;

काठमाडौँ– वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसमेत सफाइ शुरु गरिएको छ । यसैगरी देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ । हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती ३८० औँ हप्तामा

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३८० हप्ताको कार्यक्रम फरक शैली र सहभागितामा आज सम्पन्न गरिएको छ । कोभिड, हिउँद, वर्षा, घाम, पानीमा अभियानकर्मी विचलित नभई अभियान सञ्चालनमा छ ।

माथिल्लो भेगमा पछिल्लो समय सौन्दर्र्यीकरणमा प्रयोग भएका सामग्री असरल्ल छरिँदा त्यसको पहरेदारका रुपमा खडा भएका अभियानकर्मी फेरि पनि निरन्तर अभियानको अग्रपङ्क्तिमा उभिएर कर्म गरिरहेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

अनेक आरोह अवरोहलाई पार गर्दै वाग्मती सफाइ अभियान निरन्तर सञ्चालनमा छ । विसं २०७० फागुन ३ गतदेखि प्रारम्भ भएको माथिल्लो भेगको वाग्मती सफाइ अभियान निरन्तर जारी छ । गुह्येश्वरीबाट सुन्दरीजलसम्मको क्षेत्रमा सो अभियानले सफाइ गरिरहेको छ ।

वाग्मतीको तिलगङ्गा, सुन्दरीघाट, आलोकनगरलगायत क्षेत्रमा पनि सफाइ अभियान चलरिहेको छ । यसैगरी वाग्मतीका सहायक नदी रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोलामा समेत सफाइ अभियान जारी छ । चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि जनचेतासहित सफाइ अभियान जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*