प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १६:०७

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । उनले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिए ।

सन् २००३ देखि हिमाल आरोहण शुरु गरेकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छिन् । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसकेकी छिन् । शेर्पाले यसअघि तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*