एमाले केन्द्रीय समिति बैठक सुरु, वामदेव पनि अनुपस्थित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । संसदीय दलको बैठक सकिएको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा माधव नेपाल पक्ष सहभागी छैन भने संसदीय दलको बैठकमा सहभागी भएका वामदेव गौतम पनि अनुपस्थित रहेका छन् । संसदीय दलको बैठकपछि गौतम आफू उपचारका लागि जाने भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी निस्किएका थिए ।
फागुन २८ मा केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिव पदबाहेक अन्य पद पदाधिकारीको पद खारेज गरेका ओलीले केही जिम्मेवारी समेत हेरफेर गरेका थिए । ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर विधान विपरितको निर्णय गरेको भन्दै नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने शुक्रबार नै निर्णय गरेको थियो ।
ओलीले भने केन्द्रीय समिति बैठकमा सहभागी हुन सार्वजनिक रुपमै खनाल–नेपाल समूहलाई आग्रह गर्दै आएका थिए ।

बाइलाइन नेपाल











