ट्रकको ठक्करबाट युवतीको मृत्यु

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १४:४४

चितवन- कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा चितवनमा एक युवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकोमा उनको चितवन मेडिकल कलेज भरतपुर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*