एमाले संसदीय दलको बैठकमा बादलपनि सहभागी

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १३:५९

एमाले संसदीय दलको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा पूर्व माओवादी नेता उनी सहभागी भएका हुन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपनि उनी एमालेमै रहेका छन् ।

यस्तै एमाले नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । नेपाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*