राष्ट्रिय सभागृहमा नेपाल पक्षीय युवा संघको भेला, यस्तो छ चहलपहल

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १२:४९

एमाले संस्थापन पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दल र केन्द्रीय समिति राखेकै समयमा माधव नेपाल पक्षले छुट्टै कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा नेपाल पक्षीय युवा संघको राष्ट्रिय कार्यकर्ता भेला राखिएको हो । संसदीय र केन्द्रीय समिति बैठक बहिस्कार गरेर नेपाललगायतका नेताहरुले सोही कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाई भव्य बनाउन आयोजकले राष्ट्रिय सभा गृहमा परिसर झण्डा ब्यानर र तोरणले झकिझकाउ बनाएका छन् भने नेता कार्यकर्ता आउने क्रम जारी रहेको छ । सभागृहको बाहिर प्लास्टिकका कुर्सी र डिजिटल डिस्प्ले समेत राखिएका छन् ।
फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी हेरफेरका साथै एकपक्षीय रुपमा केही महत्वपूर्ण सवालमा निर्णय गरेपछि नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला समेत आयोजना गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*