भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार नयाँ संक्रमित, १८८ को मृत्यु

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १२:४४

भारतमा कोरोना संक्रमणमा पुनः एकपटक वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा करिब ४१ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । कोरोनाको बढ्दो संक्रमित देखिएपछि भारत सरकार एक्सनमा आएको छ । कोरोनाको प्रकोपका कारण मध्य प्रदेश सरकारले महाराष्ट्रबाट आवतजावत गर्ने बसमाथि शनिबारदेखि रोक लगाइदिएको छ ।

साथै भोपाल, इन्दौर र जबलपुरमा २१ मार्चमा लकडाउन हुनेछ । यसका साथै पञ्जाब, महाराष्ट्र र मध्य प्रदेशका थुप्रै शहरमा ३१ मार्चसम्म स्कूल कलेज बन्द हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*