चितवनको तरुण भेलालाई सभापति देउवाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन जाँदैछन् । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको “युवा तथा तरुण जागरण अभियान”को कार्यक्रममा सहभागी हुन देउवा ११ बजे चितवन जाने उनको सचिवालयले जानकारी दिएको छ ।
यस्तै कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महत केन्द्रीय सदस्य एनपी साउद, देवेन्द्रराज कँडेल, महिला संघ अध्यक्ष तथा सांसद उमा रेग्मी, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर लगायतको पनि सहभागिता रहने विभाग प्रमुख शंकर भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
भेला अघि विभिन्न जिल्लाहरूबाट मोटरसाइकल र्याली चितवन आउने छ । पूर्वको मकवानपुर, पश्चिमको नवलपुर, दक्षिणको माडीबाट मोटरसाइकल र्याली सुरु हुने भण्डारीले बताए ।

बाइलाइन नेपाल











