एमाले संसदीय दलको बैठक सुरु हुन ढिलाइ
काठमाडौं । नेकपा एमाले संसदीय बैठकका लागि सांसदहरू प्रधानमन्त्रीको निवास बालुवाटार प्रवेश गरिरहेका छन् ।
विहान १०ः३० बजेलाई बैठक बोलाइए पनि ११ बजेसम्म सांसदहरू आउने क्रम जारी रहेको हो । प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाइएको बैठक माधवकुमार नेपाल पक्षले भने सहभागी नहुने जनाइसकेको छ ।
नेकपा एमालेले संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने तयारी गरेको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

बाइलाइन नेपाल











