महान्यायाधिवक्तामा नियुक्त बडालको आइतबार सपथ

बाइलाइन नेपाल
६ चैत्र २०७७, शुक्रबार १५:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ । उनको आइतबार सपथग्रहण राखिएको छ ।

अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*