महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

बाइलाइन नेपाल
६ चैत्र २०७७, शुक्रबार १४:०२
dxfGofoflwjQmf v/]n ;o lbgsf] sfo{ljj/0f ;fj{hlgs dxfGofoflwjQmf clUgk|;fb v/]n z'qmaf/ sf7df8f}Fdf cfof]lht kqsf/ e]63f6 sfo{qmddf ;o lbgdf ;Dkflbt sfo{ljj/0f / cfufdL sfo{of]hgf ;fj{hlgs ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

झापाको गौरादह निवासी खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्। महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*