चाल्नाखेलमा भेटियो दुई पुरुषको शव
बाइलाइन नेपाल६ चैत्र २०७७, शुक्रबार १३:०७
काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ ।













