पूर्व राजपाको छुट्टै बैठक इन्द्रेणीमा

बाइलाइन नेपाल
५ चैत्र २०७७, बिहीबार १७:४४

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको बैठक स्थगित भएपछि पूर्व राजपा नेपालको बैठक सुरु भएको छ । कार्यकारिणी समितिको बैठकमा भाग लिन बाहिर जिल्लाबाट आएका आफ्ना पक्षका नेताहरूसँग छलफल गर्न पूर्व राजपाले बैठक बोलाइएको हो ।

बानेश्वरको इन्द्रेणीमा बैठक चलिरहेको छ । विहान बसेको पदाधिकारी बैठकमा दुई पक्ष बीच सहमति नहुँदा बैठक कार्यकारिणी समिति बैठक स्थगित गरेको थियो । बैठक के कारणले किन स्थगित भयो त्यसको बारेमा नेताहरु ब्रिफिङ गर्नका लागि यो बैठक बोलाइएको बैठकमा सहभागी एक नेताले बताए ।

पूर्व राजपा नेपालका नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपाको माग पुरा गर्न तयार भएको हुनाले उसैलाई सहयोग गर्नु पर्ने पक्षमा छन् भने समाजवादी पार्टीले ओली प्रतिगमनकारी भएको भन्दै सत्तामा साथ दिन नहुने अडान लिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*