एमाले नेपाल समूहको स्थायी कमिटी बैठक शुरू

बाइलाइन नेपाल
५ चैत्र २०७७, बिहीबार १६:०२

काठमाडौँ – राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । बुधबारदेखि ललितपुरमा शुरू भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

राष्ट्रिय भेलाको समीक्षा गर्दै स्थायी कमिटी बैठकमा आगामी कार्य योजनाबारे छलफल भइरहेको बताइएको छ । संस्थापन पक्षले गुटगत भेला गर्ने र त्यस्तो भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको अवस्थामा नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।

बिहीबार बसेको नेकपा संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*